सुजेन मान महर्जन : तपाइलाइ यो अन्तरवार्तामा स्वागत छ ।
जमुना महर्जन श्रेष्ठ : धन्यवाद ।
सुजेन मान महर्जन : हामिले भर्खरै एउटा वर्कसप सक्यौ Care for Caregivers र तपाइ यहि चितवन फिल्ड अफिसमा आएको मौका पारेर एउटा सानो अन्र्तवार्ता गरौ भनेर यो प्रयास गर्दैछु । तपाइको विगतको २ दशक भन्दा लामो अनुभवको बारेमा हामी अलिकती कुरा गर्नेछौं । साथै मनोसामाजिक सहयोगको क्षेत्रमा तपाइले गर्नुभएको कामका अनुभवहरु र तपाईले हेर्नु भएका केशहरु र त्यसमा तपाइले कस्तो टेक्निकहरु प्रयोग गर्नुहुन्छ लगायत बिबिध कुराहरुमा रहेर हामी कुराकानी गर्नेछौं ।
आज भन्दा लगभग सात वर्ष अगाडी पनि मलाई याद छ मनोसामाजिक मनोविमर्श नेपालमा कस्तो अवस्थामा छ भनेर एउटा मार्टिन चौतारीमा भएको वर्कसपमा आफनो कुरा राख्नु भएको थियो । नेपालमा मनोसामाजिक र मानसिक स्वास्थ छेत्रमा अहिले मनोसामाजिक मनोविमर्शको अवस्था कस्तो छ जस्तो लाग्छ ?
जमुना महर्जन श्रेष्ठ : सात वर्ष अगाडिको कुरालाई सम्झदा त्यतिबेला यस बिषयमा खासै सरोकार राख्ने र यो उपचार प्रकृया हो भनेर बुझ्ने मानिस निकै कम थिए । आजको समय सम्म आईपुग्दा मनोसामाजिक र मानसिक स्वास्थ छेत्रमा जनमानसमा अलिकती भए पनि यो बुझ्नु पर्ने र समस्यमा भएकाहरुलाई मनोविमर्श आवश्यक छ भन्ने महसुसहरु भइरहेको छ । २०७२ सालको विनासकारी भुकम्पले १४ वटा जिल्ला त एकदम प्रभावित भए । त्यसको पीडाबाट मानिसमा परेको मनोसामाजिक समस्या समाधानको लागि सरकारी निकायले पनि एकदमै गहिन रुपमा मनोसामाजिक सेवाको आवश्यकता महसुस ग¥यो ।
नेपालमा शुरुका दिनहरुमा विभिन्न संघ संस्था अन्र्तर्राष्ट्रिय संस्थाहरुले मात्रै मनोसामाजिक र मानसिक स्वास्थ क्षेत्रमा काम गरिरहेको पाइन्थ्यो। केहीले यसलाई मागी खाने भाडो हो भने सोच्थे । भूकम्प पश्चात सरकारी निकाय बाट नै यसको आवश्यकताको महसुस भयो । यो सबभन्दा खुशीको कुरा हो । भुइचालो गएको हप्ता दिनबाट नै मान्छेले आत्महत्या गर्न थाले, उनीहरुको सबै चिज त ध्वस्त भएको थियो भने कतिपयले आफनो मान्छे गुमाएका थिए । अब बाँकी जीवन कसरी बाँच्ने भनेर एकदमै निराशाजनक अवस्थामा जटिल मानसिक स्वास्थ्य समस्याले गर्दा आत्महत्या सम्म गर्न पुगे । त्यो समय सम्झदा दुःख लाग्छ । नेपालमा प्राथमिक स्तरको मनोविमर्शका लागि धेरै मानव संसाधन (जनशक्ति) हुँदाहुँदै पनि उनीहरुको सहि ठाउमा सहि समयमा परिचालन हुन नसक्दा भुकम्प प्रभावितहरु विभिन्न खाले मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्याबाट सिकार हुन पुगे ।
भूकम्प गोर्खा जिल्लामा बारपाक सेन्टर भएर त गयो । तर सिन्धुपाल्चोक जिल्लामा मानविय हिसाबले सबभन्दा बढी क्षती भएको ठाउ हो । सिन्धुपाल्चोकका कतिपय गाविसमा एक डेढ महिना भित्रमा एकदमै थुप्रै युवा देखी बालबालिकाहरुले आत्महत्या गरेको हामिले पाएका थियौ । त्यस विपतको अवस्थामा टिचिङग हस्पिटल, विभिन्न संघसंस्था र मानसिक स्वास्थ्य सेवा प्रदायक र मनोसामाजिक सहयोगीहरुलाई घचघच्याउने काम गरियो । हामीले गरेको यस प्रयासलार्य सम्बन्धित निकाय र संस्थाहरुले आत्मसात गरेकोले हामीले मनोसामाजिक र मानसिक स्वास्थको सेवा उपलब्ध गराउन सरकारी निकायबाट बिभिन्न हस्पिटल, टिचिङग हस्पिटलबाट मनोचिकित्सक देखी मनोबिद अनि यमफिल (MPhil) गरिरहेका विधार्थीहरुलाई परिचालन गरी समस्यामा रहेकाहरुको मनोसामाजिक सेवा दिन सफल भएका थियौं । त्यस पश्चात विद्यार्थीहरुको लागि र समुदायमा सचेतीकरण कार्यक्रमहरु मार्फत आत्महत्या के हो, मनोसामाजिक समस्यामा भनेको के हो, के के हुन्छ, के कसरी सहयोग गर्नु पर्छ भनेर एकदम धेरै सचेतीकरण गर्दा गर्दा अनि लामो समयको मेहनेत पछि समस्यामा परेकाहरुमा उनीहरुको सोचमा परिवर्तन भई सामान्य कुराकानी गर्ने, दैनिक क्रियाकलापमा फर्किंने गर्दै केही सामान्य अवस्था आएको थियो ।
मनोसामाजिक र मानसिक स्वास्थ्य क्षेत्रलाई जहिल्यै वेवास्था गर्ने समुदाय र सरोकारवालाहरुले बिस्तारै त्यसलाई महत्व दिएर समुदायमा समस्या ग्रस्त मानिसहरु वा परिवार तथा समुदायमा अलिकति फरक ढंगको व्यवाहारहरु देखाउने व्यक्तिलाई तत्कालै रिफर गर्न शुरु भयो । त्यसैले मलाइ आज सम्म आउदा जसरी शरिरको विभिन्न अंगहरुको जतिे महत्व छ त्यतिकै व्यक्तिको मनोसामाजिक तथा मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्यालाइ पनि हामिले समयमै वास्ता गयौ भने त्यसलाइ सहि ढंगले सहि ठाउमा आफनो कुराहरु पोख्दा निको हुन्छ भन्ने कुरा जनमानसमा एकदमै गइरहेको छ । अहिले टोल फ्रि नम्बर पनि ठाउँठाउँमा छ । बालबालिका र महिलाका लागि काम गर्ने काम गर्नेसंस्थाहरुले हटलाइन÷हेल्पलाइन सेवाहरु चलाइरहेको छन् । यस्ता संस्थाहरुले पनि मनोसामाजिक सेवाहरु र मानसिक स्वास्थ्यमा टेवा पुगोस् भनेर कार्यक्रमहरु सञ्चालित छन् । भूकम्पको असरले देशलाई गाँजेको बेला टिचिङग हस्पिटल महाराजगञ्जले पनि कुनै पनि व्यक्ति आत्महत्या गर्ने अवस्थामा नपुगोस भनेर २४ सै घण्टा हटलाइन शुरु गरेको थियो। टिपिओले आफनै टोल फ्रि नम्बर १६६००१०२००५ शुरु गरेको छ जुन सेवा सोमबार देखी शुक्रवार चल्दै आएको छ ।
शिक्षकहरु, समाजसेवीहरु, यहि क्षेत्रमा काम गर्नेहरु र अरु सामान्य व्यक्तिहरुले पनि छिमेकी आफन्त जो कोहीमा अलि असामान्य व्यवहार देखिन थाले पछि हस्पिटल वा टोल फ्रि नम्बर वा अन्य इन्टरनेटको सदुपयोग गरी तत्कालै रिफर गर्ने कामहरु एकदमै बढिरहेको छ । दिनहु मैले हेरिरहेको केशहरुमा पनि हरेक हप्ता नयाँ नयाँ केसहरु आइरहेका छन् । वेबसाइटमा हेरेर पनि एकदमै धेरै मान्छेले चासो देखाउने र सोध्ने क्रम व्यापक भएको छ ।
सुजेन मान महर्जन : तपाइको कामको अनुभवलाइ यसो फर्केर हेर्दा यो समयावधी सम्म आउदाखेरी कस्तो खालको केशहरु बढि हेर्नुभएको छ ?
जमुना महर्जन श्रेष्ठ : अब तपाइले भन्नुभएको जस्तै मेरो मनोविमर्श सेवाको शुरुवात चाहि शरणार्थीहरुमा देखिने समस्याहरुबाट भएको हो । विस २०४६–२०४७ बाट शुरु भएको मेरो काम निरन्तर रुपमा शरणार्थीहरुमा हुने मनोसामाजिक असरलाई न्यूनिकरण गर्दै सामान्य जीवनयापनमा सहयोग पु¥याउने काम निरन्तर चलिरहेको छ । अहिले सम्म पनि तिब्बतियन देखी लिएर शहरी क्षेत्रमा बसोबास गर्ने शरणार्थीहरुलाई मैले सहयोग गरिरहेको छु । विगतलाई सम्झदा, मैले मेरो आफनो मनोसामाजिक सहयोग क्षेत्रको यात्रालाइ हेर्ने हो भने जुन भुटानबाट नेपालमा शरणार्थीहरु आए त्यस वेला त्यहानेर मनोविमर्श केन्द्र स्थापना गर्ने देखी लिएर, २००७ मा उनिहरुको तेस्रो मुलुकमा पुर्नवास अभियान चल्यो त्यति बेला पनि फेरी क्याम्पमा द्वन्द सुरु भयो र कसरी द्वन्द समाधान गर्ने भनेर त्यही गएर एकखालको मध्यस्थाकर्ताको भूमिका निर्वाह गरे । जस्तैः परिवार तथा समुदायमा जुन द्वन्द हुँदा र आफै भित्र द्वन्द हुँदा पनि मनोसाममजिक सहयोग दिन पाउनु् मेरो जिवनको महत्वपूर्ण अवसर र आफैलाइ भाग्यमानि ठान्छु । यो सेवा गर्ने क्रममा जहाँ उनिहरुको क्याम्प थियो त्यहा भएकामध्ये करिब ८० प्रतिशत अमेरिकामा पुनःस्थापना भएको थियो । तर त्यहाँ पुगेपछि पनि उनीहरुलाई मानसिक स्वास्थ तथा मनोमानसिक सहयोगको आवश्यकता परेको थियो । त्यस परिवेशमा मलाइ व्यक्तिगत रुपमा चाहि मेरा साथिहरुले छुट्टै निम्तो दिएर अमेरिकाका विभिन्न चारवटा states मा भुटानिज शरणनार्थीहरुसँग बसेर काम गर्ने मौका दिएका थिए । मेरो मनोविमर्शबाट मानिसमा आएको सकारात्मक परिवर्तन र सहज जीवनयापनलाई पछाडी फर्केर हेर्दा आफुलाइ एकदमै गर्व लाग्छ ।
मैले सेवा दिएका विभिन्न समुहहरुमा शरणार्थी भइहाल्यो, अर्को जनयुद्ध पीडित र प्रभावित विभिन्न खालका व्यक्तिहरु, बालबालिका, युवा, वयस्क देखी बृद्धबृद्धा सम्मको समस्यामा सेवा प्रदान गरेको छु । द्वन्द भित्रको अवस्था, द्वन्द कस्तो हँुदोरहेछ भन्ने खालको सेवाग्राहीहरुलाइ हेर्ने मौका पाए । यस्तै यातना पिडितहरुलाइ मैले हेर्ने मौका पाए ।
अझै निर्मला हत्याकाण्डको बलात्कार र हत्या गर्ने व्यक्ति को हो त भनेर पत्ता लगाउन सकिएको छैन । निर्मला जस्ता थुप्रै थुप्रै निर्मलाहरु त मरेर गए तर जो महिलाहरु बलात्कृत भए महिलामात्रै भन्दिन, अरु बालबालिकाहरु पनि बलात्कारको सिकार भएका छन् । मलाइ पहिलो चोटी पुरुष पनि बलात्कार हुन्छ भन्दा खेरी म आफै अच्चम्ममा थिए । त्यसकारण मैले भन्न खोजेको बलात्कार भएका महिला पुरुष दुवैमा परेको मनोसामाजिक समसस्या समाधानको लागि म बिभिन्न संघसंस्था, हस्पिटल र परिवारमा गएरै सेवा गर्ने काम गरिरहेको छु । विभिन्न परिवार, व्यक्ति, संघबाट मनोविमर्शकर्ताहरु, मनोबिदहरुवाट रिफर भएका मैले थुप्रै केशहरुमा मनोसामाजिक मनोविमर्श गरी उनीहरुमा आत्म विश्वास प्रदान गरेर सामान्य जीवनयापनमा फर्कनको लागि सहयोगी हुने अवसर पाएकी छु । यि लगायत अब नेपालमा जाड रक्सी जताततै पाइन्छ, जहाँ बसेर खान पनि स्वतन्त्र छ ।
यतिमात्र हैन रक्सी, विभिन्न जातजाती, धर्म, संस्कृतीमा सगुन र नभइ नहुने चिजको रुपमा लिइ्रन्छ । तर विडम्बना त्यसको गलत प्रयोगले गर्दा रक्सीको लत लागेका व्यक्तिहरु, लागुऔषधको लतमा लागेका व्यक्तिहरुमा पनि मनोसामाजिक सेवा प्रदान गरेको छु । तर पनि लागु तथा नसालु पदार्थको लतमा लागेकाहरुको लागि आफूले सकेसम्म सेवा नगर्ने निर्णय गरेको छु, यस्तो खालको केशहरु सकेसम्म हेर्दिन।
लागु तथा नसालु पदार्थको लत भएको व्यक्तिमा मेरो अनुभवमा मैले १५ वर्ष अगाडी हेरेको केश, जो पुर्ण रुपमा निको भएको थियो । पूनः १५ वर्ष पछाडी पनि relapse भयो (समस्या दोहोरियो) । त्यसले मलाइ एक खाले निरासा भयो । आफूले सफलताको रुपमा लिएर एकदमै ठुलो आशा लिएको थिएँ । मैले “अब त सप्र्यो” भनेर तर त्यसले एक खालको सिकाई भयो । यस्तो खालको व्यक्तिहरु सबैको सहयोग हुँदा हुँदै पनि समस्या दोहोरिने रहेछ । त्यसैले त्यस्तो समस्यामा परेका व्यक्तिहरुलाइ कम हेर्ने गरेको छु।
घरेलु हिंसा लगायत बेचबिखनमा पर्न सक्ने तथा परेका महिला दिदी बहिनीहरु धेरै जसो आघातमा परेका हुन्छन् । यो मात्र हैन विविध घटनाक्रम र अवस्थाले मान्छेलाइ आघात पर्छ । मेरो अनुभवमा एकदमै गहिरो चोटमा पुगेको आघात चाहि मनोसामाजिक समस्या भोगेको लामो समयसम्म रहन्छ । आघातले मान्छेको कुनै पनि समस्याको सामाना गर्न सक्ने उसको क्षमतालाई तहसनहस गरिदिन्छ । कोही कुनै सहयोग र उपचार बिना उसको क्षमता अनुसार सामान्य अवस्थाहरुमा फर्किन्छ । कोही चाहि यति लामो समय सम्म पनि जिवनलाई पहिलाको जस्तै सामान्य अवस्थामा फर्काउन नसक्ने व्यक्तिहरुलाई मैले सेवा दिएको छु ।
अहिले SEE भनिन्छ, हाम्रो पालमा SLC भनिन्थ्यो । एसइई पछि प्लस २ या ए लेबल पढाएर त्यसपछि जबरजस्ती बुबाआमाको प्रेसर भनौ या साथिसंगतको प्रेसर ले विदेश पढन जानै पर्ने । पैसा छ या छैन आमाबुबाले सक्छ या सक्दैन, आफु त्यहा गएर बाच्नु सक्छु या सक्दिन त्यसको प्रवाह छैन तर जसरी हुन्छ विदेश जानु पर्यो । यो प्रवृत्ति जुन छ अहिले यो बढिरहेको छ । विदेश गइसकेपछि मानसिक समस्या तथा मनोसामाजिक समस्या भएर फर्केका जोडी देखी किशोर किशोरी बिधार्थी पनि एकदम धेरै आउने गरेका छन् । बिदेशमा गएर पढनु भनेका युद्ध भुमिमा गएर लडनु जत्तिैकै हो । भने पछि तपाई कल्पना गर्नुस कि एउटा कलिलो दिमागको बिद्यार्थीलाइ त्यसरी बाहिर पढाउनु भनेको कस्तो होला । त्यो शब्दले नै उसलाइ कत्तिको गाहो होला, आधीबेहरी आएको होला ।
मैले हेरिरहेको वैदेशिक रोजगारमा गएकाहरुको समस्या अहिले एकदमै बिगबिगी छ अहिले बिदेश जाने होडबाजी यति धेरै छ कि यसमा पनि ऋण गरेर हुन्छ कि घर, खेतबारी सबै धितो राखेर विदेश जाने प्रवृत्ति एकदमै बढदो क्रममा छ । त्यसपछि हरेक दिन जसो नेपालमा लासको बाकसहरु फिर्ता आइरहेको अवस्था छ । कतिपय चाहि मलेसिया, कोरिया, लेवनान, अरेवियन देशहरु या मध्य पूर्व, यूरोपनै भनौ जहा भनौ । त्यहा एकदमै ज्यादती उनिहरु माथिको शोषण, अत्याचार सहन नसक्दा उनिहरुको मानसिकता, मानसिक सन्तुलन गुमाएर फर्केका उनीहरुको परिवारमा ऋणको ठुलो भारी का साथ उनीहरुको ठुलो आशामा तुसरापत हुँदा एकखालको मानसिक सन्तुलन गुमाएर आउदा कस्तो हुन्छ । त्यस्ता केशहरु एकदमै बढ्दै छ ।
फिल्डमा काम गर्न मानव संसाधन (जनशक्ति) पहिला सिमित थियो । अहिले धेरै संस्थाहरु लगायत अब त धेरै त्ग् मा पनि परामर्श मनोविज्ञान छ । त्यस्तो हुँदा मानव संसाधन (जनशक्ति)को विकास भइरहेको छ तर पनि प्रर्याप्त मात्रामा हामीले सहयोग पु¥उन नसकी रहेको महसुस हुन्छ ।
परिणाम आएको केही घण्टामा अथवा केही दिनमै केही विर्धाथीले आत्महत्या भनेर शिक्षा प्रणालीमा परिवर्तन ल्याउन खोजेको छ । पछिल्लो समय SEE मा फेल नहुने गरी Grading System A+, A अथवा B, C, D सम्मले चाहि कुन कुन विषय पढन पाउने बाँकि त्यो भन्दा अर्कोले चाहि भर्नानै नपाउने भन्नेले पनि मेरो विचारमा आत्महत्या रोकिएको अवस्थामा छैन । अभिभावकहरुको पनि एकदमै धेरै इच्छाहरु आकांक्षाहरु छन् । मेरा छोरा छोरी डाक्टर, इन्जिनियर नै हुनु पर्दछ । म यसैबाट सन्देश दिन चाहान्छु कि पढने अभिभावकले होइन, छोराछोरी हो तर उनिहरुले कुन बिषय पढ्ने छनौट गर्न दिनु पर्दछ । अभिभावकले त्यसमा सहजीकरण गरी एउटा साथी जस्तै भएर उसले चाहेको विषय पढ्ने वातावरण मिलाउने देखी आवश्यक छलफल गर्ने, उसले छनौट गरेको बिषयको राम्रा र कमजोरी पक्षका बिषयमा प्रष्ट पारिदिने, बालबालिकाको चाहाना र क्षमतामा स्पष्ट गराउने काम अभिभावकको दायित्व हो । यहि पढ, त्यहि पढ, साइन्स नै पढ्यो भने चाहि विदेश जान पाउछ धेरै ओटा option हुन्छ । डाक्टरी पढन नसके पनि इन्जिनियर पढन नसके पनि IT भए पनि पढन सकिन्छ । ITको एकदमै scope छ भनेर त्यसरी दबाब दिने गरेको पाइन्छ ।
पढदै जाने क्रममा even A level प्लस टु भनौ त्यसपछि चाहि पढनको लागी पुरै blind हुन्छ, block हुन्छ । अभिभावकको डिमान्ड चाहि ठुलो हुँदै आफै कमाएर पढोस भन्ने हुन्छ । जुन अपेक्षा अभिभावक र बालबालिका स्वयमको पूरा हुँदैन त्यसपछि बालबालिकाहरु एकदम एग्रेसिभ हुने र कुलतमा फस्न सक्ने संभावना एकदम धेरै हुन्छ यसले गर्दा विचमा पढाई छोडेर उनिहरु एउटा अध्यारो कोठामा त्यो पनि दिउसो पनि मज्जाले पर्दा लगाएर वस्ने गरेको अवस्था छ । अब मेरो जिन्दगी वर्वाद भयो म खतम भएँ, मैले पढन सकिन ! यतिहुँदा पनि केहीले प्रयास गरिरहेका हुन्छ । गर्दा गर्दा गर्दै पनि १५, १६ बर्षमा SEE दिएको अहिले २२, २५ वर्ष हुदा पनि प्लस टु सिध्याउन नसक्दा साथीहरु बीच उसलाई एकदम पछाडी परेको केही पनि गर्न नसकेको जस्ता भावनाको विकास भई आफुलाई दिक्दारी र मेरो जिन्दगी यस्तै खत्तम भयो भन्ने खालका विधार्थीहरुलाई पनि मैले मनोविमर्श सेवा दिएको छु ।
सुजेन मान महर्जन : तपाई एउटा थेरापिष्ट मनोविमर्शकर्ताको रुपमा बिभिन्न खालको टेक्निकहरु प्रयोग गनु भएको होला । एउटा केशलाइ कामगर्दै जादा एउटा टेक्निकले काम गरेन भने अर्को टेक्निक प्रयोग गरिन्छ ? मनोविमर्श भित्र विभिन्न खालको विधिहरु प्रयोगमा ल्याउने गरिन्छ, त्यो वारेमा केहि भनिदिनुहुन्छ ?
जमुना महर्जन श्रेष्ठ : कुनै संस्थाहरुले समुह मै पनि गर्नु भनेको अवस्थामा १-२ सेसन गु्रपमै गरेर, त्यसपछि आर्ट थेरापिको विधिबाट पनि गर्न सकियो । चित्रकलाको माध्यमबाट उनिहरुको अवस्था पनि कस्तो छ भनेर पहिलो चरणमा लेखाजोखा गर्न सकिन्छ । । कुन चाहि विधी अपनाउदा छिटो छिटो सेवा प्रदायकले खोजेको जस्तो र मैले चाहेको जस्तो उपलब्धी पाउन सकिन्छ वा पुर्ण रुपले निको बनाएर सामान्य अवस्थामा फर्काउन सकिन्छ भनेर व्यक्तिको तथा समूहको समस्या, अवस्था अनुसारका विधि प्रयोग गर्ने प्रयास गरिन्छ । कोही व्यक्तिगत रुपमा एकजना मात्र आइरहेको हुन्छ त्यस्तोलाइ शुरुमा कुराकानी नै गरिन्छ । आवश्यकता अनुसार थेरापी गरिन्छ । तर कतिपयको हकमा छनौट गर्ने गर्छु । मलाइ ट्रमामा काम गर्न, आघात जन्य घटनामा परेका व्यक्तिहरुसंग काम गर्न आफै पनि पुर्ण रुपमा विश्वस्त हुन्छु कि यो चाहि म गर्न सक्छु । कति मान्छे त आघात भन्ने वित्तिकै डराइहाल्छन् । अब के हुने होला, यो निको हुदैन कि भन्ने । वहाँहरुलाई सामान्य अवस्थामा फर्काउन सफल भएकी छु चाहानु हुन्छ भने वहाँहरुसंग नै गएर पनि अन्र्तवार्ता गर्न सक्नुहुन्छ । उहाहरुमा मेरो कस्तो सर्पोटले जीवनमा कस्तो मद्दत पुगेको छ । वहाँहरु पहिला कस्तो हुनुहुन्थ्यो र अहिले कस्तो हुनुहुन्छ । आफै अनुभव गर्न सक्नु हुनेछ ।
यहाँ भन्न खोजेको के हो भने आघातमा परेका व्यक्तिहरुलाई छिटो भन्दा छिटो सहज तरिका खोज्ने क्रममा कुराकानी मात्र पनि हुन्छ । गहिराईमा जाँदा कतिपयले भन्नै नसक्ने एकदमै घाँटीमा अडकेको जस्तो अथवा जहाँ वहाहरुलाइ चोट लागेको त्यही चाहि झन कोटाएको जस्तो हुने त्यसले म नि अरु बिधिहरु खोजिरहन्थे, खोज्ने क्रममा EMDR बिधिबारे थाहा भयो । EMDR (Eye Movement Desensitization Reprocessing) गर्छु, ट्रमामा बिशेषगरि PTSD (Post Traumatic Stress Disorder) भएकोलाइ एकदमै उपयोगी हुन्छ । यो पनि समस्याको प्रक्रिती हेरेर मात्र गर्छु । समुहमा काम गर्दा मलाइ एउटा साझा धागो भनेर नेपालीमा हामिले नामाकरण गरेका छौ । Common Threads यो पुरै आर्टमा आधारित हुन्छ । यसलाइ trauma healing भनेर पनि लिन सकिन्छ । आघातबाट कसरी छुटकारा पाउन सकिन्छ भन्ने कुरा यो समुहमा उस्तै उस्तै घटनामा परेका सानो समूहमा वा बढिमा १० देखी १२ जना सम्म पनि राख्न सकिन्छ । शुरुमा झापा शरणार्थीसंग र यता शहरी क्षेत्रमा बसोबास गर्ने शरणार्थी बीच गरेका थियौं । यस बिधिले मलाइ यति उत्प्रेरणा जगाइदियो यति सहज ढंगले आफनो चोटलाइ अभिव्यक्ति नगरी भित्रभित्रै एउटा प्रकिृयाबाट ठिक हुने, यो एकदम राम्रो लाग्यो । व्यक्तिलाई दबाब दिनु पनि नपर्ने र दबाब पनि महसुस नहुने प्रक्रिया हो । कहाँबाट के गर्ने, के भन्ने, प्रश्न के गर्ने भनेर धेरै काम पनि गर्नु नपर्ने प्रक्रिया आफैले नै सबै सहज (लिड) गर्छ जसले सहभागी आफैले के चोट भएको हो त्यो टुक्राटुक्री कपडा बाट स्वत व्यक्त गर्छ । यो बिधिले मलाइ एकदम धेरै उत्प्ररणा जगायो र मैले २०१४ बाट शुरु गरेको निरन्तर अहिले सम्म थुप्रै समुहमा निरन्तर प्रयोग गरिरहेको छु । यति सम्मकी भूकम्प पछाडी हामीले साँखुमा र भक्तपुरमा पनि यही बिधि प्रयोग गरियो । काठमाण्डौको एकदमै प्रभावित भएको ठाउँका महिलाहरु बीच गरिएको यस बिधिले वहाँहरुमा एउटा यस्तो नसोचेको परिवर्तन आयो ।
उदाहरणको रुपमा एउटा परिवारमा जसले श्रीमान, सासु, छोरी, ज्वाइ आफनो नाती नातिना गुमाउनु भएको थियो । वहाँको पीडा कल्पना गर्दा पनि आँग जिरिंग गर्दछ । वहाँ र एकजना छोरा मात्र जीवित हुनुहुन्थ्यो । त्यस अवस्थामा सरकारले राहत दिने क्रममा वहाँहरुको परिवारमा धेरै सदस्य गुमेकोले वहाँले धेरै पैसा पाएको थाहा पाए पछि छोराले ति आमालाई कुटन शुरु गरेको रहेछ । अब तपाइ एकचोटी कल्पना गर्नुस घर सबैध्वस्त भयो, परिवारका अधिकांस सदस्य गुमाउनु परेको थियो । बाँचेको एकमात्र छोराले दिनहँु रक्सि खाएर वहालाइ कुट्न शुरु गरेपछि कस्तो भयो होला । तर जुन साझा धागोमा बस्नुभयो पहिला त बिल्कुलै बोल्नुहुन्थेन । एकदमै टोलाएर बस्नुहुन्थ्यो, रुन पनि सक्नुहुन्थेन । अरुले हात समातेर यसरी गर भन्नपथ्र्यो । त्यो गरुन्जेल अरुले जवरजस्ती समातेर एकदमै ठिपिक्क हुन्थ्यो, उहाँको औलाहरु, उहाँको जिउ एकदमै बन्धन जस्तो हुन्थ्यो, वहाँ कहिल्यै खुल्नु हुन्नथ्यो तर पनि हामीले वहाँलाई सहभागी हुन प्रोत्साहित गरिरह्यौं । उहाँलाई कुनै एकजनासंगै बसेर भएपनि छोडदैन थियौ । अरुलाइ हामीले सहजिकरण गर्ने बेलामा हामीले वहाँपनि संगसगै पर्खदै त्यो यात्रामा चाहि समावेश गरायौ । शुरुमा अहिले १२ सेसन मात्रै गरयौ । जम्मा १२ सेसन हप्तामा १ चोटी त्यही पनि हाफ डे मात्र किन भने अधिकांस महिलाहरु घरको काममा व्यस्त रहनु पर्ने र यो हामीले महिलाहरुको लागी मात्र गरेका थियौ । मेरो सोच चाहि यहि कार्यक्रम पुरुषलाइ पनि सहभागि गराएर एकपटक हेरौं भन्ने योजना छ । यो प्रक्रियाको अन्तिम तिर पुग्यो त्यसपछि ति आमाले हामिलाइ भन्नुभयो, “मैले यो निर्णय गरे जब सम्म म संग त्यो पैसा रहिरहन्छ मैले छोराको कुटाइ खाइरहनु पर्छ, त्यसकारण यो पैसाले मैले त्यतिकै राखेर खर्च हुन्छ । मरेर गएका मेरा सबै प्रेत आत्मा जति पनि मैले परिवार गुमाउनु प¥यो ति प्रेत आत्माले पनि हामिलाइ सह्दैन होला त्यसैले यो जति पनि पैसा र राहातले मैले जति सक्छ चाहे मेरो लागी एउटा कोठा किन नहोस घर बनाउने छु । मैले जति रोएर टाउकै फोडे पनि मरेकाहरु फर्केर आउनुहुन्न्, म सँग पैसा हुँदा सम्म छोराले कुटि रहने छ, म सँग केही छैन भने उसले केही गर्न सक्दैन, त्यसले मैले निर्णय गरे कि म यो घर बनाउछु । अब म छोराको लागी सोच्दिन, म जतिन्जेल बाँच्छु आप्mनै लागि बाँच्नेछु । यसको लागी तपाइहरुको सहयोग चाहिन्छ ।” अनि यस्तो खुशी लाग्यो ! वहाँ आफ्नो निर्णय गर्न आफै सक्षम हुनुभयो ।
वहाँमा आएको परिवर्तन आफनो लागी आफैले निर्णय गर्न सक्ने क्षमताको अभिवृद्धी यो साझा धागो Common Threads ले व्यक्तिमा अकल्पनिय परिवर्तन भएको छ । त्यस्तै घरेलु हिंसामा परेकी एक महिला सहभागी जसलाई प्रायः सासु, श्रीमान, नन्द, आमाजु, जेठानी, देबरानी सबै मिलेर माथिल्लो तल्ला देखी भुत्लाएर नेवारीहरुको बाहिर पिखालाखी भन्ने हुन्छ त्यहानेर ल्याएर पछार्ने । यस्तो पीडामा रहेका पनि यस समुहमा सहभागी भए । वहाँहरुले आफूलाई यस्तो यातना दिनुको पछाडी आप्नो क्षमता कमजोर हुनु र आर्थिक हैसियत कमजोर हुनु, श्रीमानले राम्रासंग कमाउन नसक्नु जस्ता कारणले गर्दा भएको हो र त्यसैले म आफैमा आत्मविश्वास हुनु पर्दछ र आत्मनिर्भर हुनुपर्छ भन्ने विश्वास लिनुभएको थियो । वहाँले पनि त्यहीं निर्णय गर्नु भयो “म सानो भन्दा सानो नाङगलो पसल किन नहोस तर मैले चाहि केहि गर्नु पर्छ।” वहा डिप्रेसनको औषधी खानुहुन्थ्यो । अहिले वहाले औषधी पनि छोड्नु भएको छ । श्रीमान, श्रीमती २ जना मिलेर उहाले एउटा सानो दोकान मःमः पसल खोल्नु भएको छ । अहिले वहाँहरुलाई पसल र घरको कामले भ्याइनभ्याइ छ । हामिले यसमा अन्य कुनै पनि सहयोग गरेका छैनौ । यो बिधि चाहि एकदमै शक्तिशाली र सफल लाग्दछ । यो स्वतन्त्र भएर, यसलाइ आत्म निर्णय गर्न केही गर्नु प¥यो भने मात्र हो । एउटा कौशल विकास भयो । सानो चिज फाट्दा वा अरु केही हुँदा अरुकोमा जानुभन्दा आफैले त्यसलाइ सिलाएर वा टालेर अनि त्यसको व्यवस्थापन गर्न सकिन्छ भन्ने भयो । जीवनमा लुगा फाटेर काम नलागे जस्तै मान्छेको जिवनमा पनि कसैले च्यातिदिन,े फाटिदिने त हुदों रहेछ नि त्यसलाइ जसरी सियो धागोले लुगा सिलाइन्छ त्यसरी बनाएर नयाँ अवस्थामा पु¥याउन सकिन्छ । दिमाग भित्रको सबै चिजलाइ सबै बाहिर उर्तान सकिन्छ भने हाम्रो जीवनलाइ पनि हामीले नयाँ ढंगबाट किन सृजना गर्न सक्दैनौ । यो सिकाई र सन्देश अब हरेक मान्छेको जीवनमा घट्ने एउटा चोटलाई भर्दै त्यसबाट बाहिर निस्कन त्यही चोट अनुसारको एकदम सृजनशिल हुन यस आर्ट थेरापी बेसमा रहेर एउटा आघातमा परेको व्यक्तिलाइ कुरा गर्दा जति पनि पीडादायी हुन्छ, त्यो भन्दा यसले चाहि सहज हुन्छ भन्ने लागेको छ ।
त्यस्तै २०१५ को नोभेम्बरमा एकजना जापनिज Sae Kani भन्ने उहाँ २०७२ बैसाखको १२ को भूइंचालोको लगतै बैसाखमा नै आइपुग्नु भएको रहेछ । एकदमै ठाउठाउमा गएर उहाँ गोर्खा गएर, काहाँ काहाँ गएर त्यस्तो मान्छेहरु खोजिरहनुभएको रहेछ । अन्तमा मेरो एउटा अमेरिकाको साथी हुनुहुन्थ्यो उहाँ चाहि AVP (Alternatives Vision for Peace) को सहजकर्ता हुनुहुन्थ्यो उहाँले चाहि मेरो एउटा साथी छ मैले आजै भेटेको तिमीहरु जस्तै मान्छेहरु खोजिरहेको छ तिमिलाइ रिफर गर्न सक्छु भनेर उहाँले भन्नु भयो । हुन्छ, अब भेटेर कसैले राम्रो गरिरहेको छ भने भैहाल्छ नि भनेर भने । त्यो दिन चाहि मलाइ अझै पनि याद छ त्यो दिन शुक्रवार थियो । सोमबार नै हामीले तय गरयौ र २ दिन पछाडी आएर उहाँले त्यो व्यायामको परिचय गर्नु भयो त्यसको नाम चाहि TRE ( Tension & Trauma Release Exercises ) हो ।
तनाव टेन्सन भन्ने चिज मान्छेको जिवनमा जन्मेदेखी नमरुन्जेल सम्म, कसैले पनि ममा तनाव छैन भन्ने सायद छैनन् होला । तर तनाव आफैमा नराम्रो चाहि होइन भने तनावले राम्रो पनि गराउँछ । जब तनाबले व्यक्तिको दैनिकी र व्यवहारमा असर पर्दछ तब व्यक्तिको मन र शरिर र दिमाग लाइ असर गर्छ । जसले गर्दा व्यक्तिको पूर्ण रुपमा शारीरिक, मानसिक र बैद्धिक whole body system लाइ नै असर पर्दछ । तनाव यति ठुलो यति खतरनाक चिज बन्न पुग्दछ । यसले मन, शरीर र मस्तिस्कलाई असर गर्नु पूर्व सहज तरिकाबाट तनावलाई शरिर, मन र मस्तिस्कबाट बाहिर निकाल्ने बिधि वहाले सिकाउनु भयो ।
त्यसपछि फेब्रुअरी, २०१६मा उहाले हामीलाई TRE मोड्युल १ तालिम गर्ने तय गर्नु भयो जबकी यो best group भनेर हामी सात जना थियौ । सात जनालाई सेलेक्ट गरेर मोड्युल १ दिनु भयो र यस्तो खुशी हुनु भयो कि हाम्रो क्षमता र अनुभव त्यो सबै देखेर फेरी क्यानाडा बाट आउनु भएको थियो । अर्कै TRE international trainer – Joan MacDonald, उहाँहरु २ जना Joan र Sae ले निर्णय गर्नु भयो कि यो समुहलाई समुहमा भन्दा तपाईंलाइ कहिले काहि मानसिक स्वास्थ तथा मनोसामाजिक सहयोगमा हामीले काम गर्दा हामीले मनोसामाजिक सहयोग मात्रै विशुद्ध रूपमा हुन्छ भन्ने छैन कहिले काहि मानसिक स्वास्थमा पनि असर परेका व्यक्तिहरु पनि आउछन जसलाइ हामीले व्यक्ति व्यक्ति हेर्नु पर्छ । त्यसकारण यी सेवा प्रदायकहरुलाई globally certified service provider बनाउनु पर्छ भनेर हामी सात जनामा एक जना फाले जसको नियमितता, प्रेरणा र समय व्यबस्थापन भएन भनेर ।
अनि ६ हामी जनाले TRE मोड्युल २ तालिम पाउने मौका पायौ त्यहि अनुसार हामिले एकदमै नियमित सुपरभिजन र यसको कति महत्व छ भन्ने बारेमा बुभ्mदै र सिक्दै अगाडि बढ्दै गयौं । भुईंचालो बाट प्रभावित भएको व्यक्तिहरु पनि आइरहेको थियो, एक एक भने पनि हामी २ जना सहजकर्ता भएर धेरै अभ्यास गर्ने मौका पायौ । त्यहि दौरानमा मैले अन्तर्राष्ट्रिय स्तरमा दुई जना जो नेपाली तर बाहिर देशमा बसेर काम गर्ने क्रममा अपहरणमा पर्नृु भएको थियो र २१ दिनपछि छुटेर सिधै नेपाल आउनुभएको थियो । एकदमै गहिरो चोट परेका र अन्तराष्ट्रिय संस्थाबाट रिफर भएर आएको केश थियो । पहिला सक्दो प्रयास गरौ भनेर TRE नै शुरु गरें । यो गर्दा यस्तो परिवर्तन भयो कि पहिला वहाँले अब त्यत्रो लामो समय नजरबन्दमा बसेर आएको सुत्नै नसक्ने अवस्थामा रहेको छटपटिरहेको अवस्थामा, वहाँहरु पहिलो सेसन पछी नै सुत्न सक्नुभयो । मान्छेलाइ मनोसामाजिक समस्या शुरु हुँदा निन्द्रामा गडबड हुने, खानपानमा गडबड हुने, अनि दैनिक क्रियाकलापमा अप्ठ्यारो हुने यिनै लक्षणहरु हुन शुरुमा देखा पर्ने तर यो TRE पछी यस्तो मज्जाले वहाँहरुले राम्रो र सहज महसुस गर्नुभयो । त्यसले चाहि व्यक्तिमा यो बिधिमा counseling सङगसङगै गर्दा अझ व्यक्तिले चाहे भन्दा छिटो समस्याबाट कसरी मुक्त हुन सक्दो रहेछ भन्ने लाग्यो । व्यक्तिगत अप्ठारोबाट कसरी बाहिर ल्याउने भनेर अर्को एउटा व्यक्त गरिरहन नपर्ने । समस्यारत व्यक्तिले सहज ढंगले आफनो तनाव, अप्ठ्याराहरु बाहिर निस्कन सफल भएको पाए । र वहाँहरुको TRE session मा live supervision पाउदा झन आफुलाई अगाडि बढ्न प्रेरणा मिल्यो । सन् २०१६ बाट मैले २०१७ मा आइपुग्दा म चाहि service provider certified भए । त्यसपछि लगत्तै २०१७ नोबेम्बरमा म फेरी TRE advanced तालिममा इन्डोनोसियामा सहभागी हुने मौका पाए । त्यहाँ पनि मेरा performance हेरेर थाइल्याण्डमा TRE TOT को लागि छनौंट भए । उनिहरुले आफै नेपालमा आएर सधैं सहयोग गरिरहन सम्भव थिएन । त्यसैले हामीमा पनि resource चाहि तयार गर्दै जानु पर्छ भनेर मैले Training of Trainers (TOT) लिए । यो तालिम नेपालबाट लिनेमा म पहिलो व्यक्ति हुँ । अहिले पनि म trainee को रुपमा छु । Trainer भनेर certified पाएको अवस्था छैन । यो बिधि समूहमा र व्यक्तिमा पनि सफलताका साथ गर्न सकिन्छ । यसले व्यक्तिमा भएको तनाब अप्ठ्यारोहरुबाट छिटो भन्दा छिटो समस्याबाट पनि मुक्त गर्न सहयोग पु¥याउँछ । तर पनि तनाव तथा मनोसाजिक समस्याबाट व्यक्ति एकैचोटी ज्वरो आउँदा प्यारासिटामोलले शरीरको तापक्रम एकै पटक घटाए जस्तो हुन्छ भनेर सहजै कल्पना गर्नु पनि गलत हुन जान्छ ।
मनोविमर्शको परिभाषा अनुसार मानिसको विद्यमान असुविधा, कठिनाई वा व्यबहारमा परिवर्तन ल्याउन, सुधार गर्न वा समस्या समाधान गर्न सहयोग पु¥याउने उद्देश्यले समस्या भएको व्यक्ति र मनोविमर्शकर्ता बीच हुने योजनावद्ध छलफल वा कुराकानी नै मनोविमर्श हो भन्ने गर्छौं । यस प्रक्रियाले विगतमा उपयोगी सिद्ध भएका सामना गर्ने उपायहरू पत्ता लगाई विद्यमान अवस्थामा व्यक्तिको समस्या र अवस्थामा परिवर्तन ल्याउनका लागि ती उपाय वा व्यबहारहरूलाई कसरी पूनःप्रयोग गर्ने वा नयाँ उपाय निर्माण गर्ने भन्ने बारेमा सेवाग्राहिलाई सहयोग गर्दछ । तर आम मानिसलाई सम्झाउन counselling के हो भनेर बुझाउन एकदमै गार्हो छ । तर यस्ता बिधिहरुको प्रयोगबाट थोरै दिन वा हप्ताको सेसनबाट उनिहरुलाई नै steps हरु सिकेर व्यक्ति आफैले बिधि पूर्वक प्रयोग गर्न पनि सकिन्छ । साथै सेवा प्रदायक पनि त्यतिकै स्वस्थ हुनु जरुरी हुन्छ त्यसैले मैले पनि यसको प्रयोग गरिरहेको छु ।
सुजेन मान महर्जन : अहिले हामिले के देखीरहेका छौ भने यो क्षेत्रमा युवा वर्गको पनि रुची अलि बढिरहेको छ । धेरै मान्छेहरु मनोविमर्शकर्ता, मनोबिद बन्न रुची राखेर पढाइ र तालिम लिइराखेको छ । यस क्षेत्रमा आउन चाहाने इच्छुक युवा वर्ग लाइ के भन्न चाहानुहुन्छ ?
जमुना महर्जन श्रेष्ठ : एकदमै राम्रो प्रश्न, भूकम्प पछि मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग आवश्यक हो भनी सरकारी निकायबाट आत्मसात गरी कार्यक्रम आउनु नै महत्वपूर्ण पक्ष हो । सरकारको एउटा लक्ष्य थियो महिला बालवालिका कार्यलय मार्फत धेरै जिल्लाका महिला दिदि बहिनीहरुलाई counseling को तालिम दिएर सक्षम बनाउनु । कुनै पनि काम गर्दा आफ्नो भित्री इच्छाशक्ति हुनैप¥यो । यो कामको लागि एकदमै खुल्ला हृदय चाहि हुनै पर्छ । एउटा कानले सुन्यो अनि यहि कण्ठबाट प्रतिकृया दिएर हुन्न । जसमा एकदमै गहिराहीमा डुबेर समस्यारत व्यक्तिहरुको सम्वेग, भावनात्मक रुपमा विचलित भएको व्यक्तिलाइ एउटा स्रोतकर्ता भएर सहजिकरण गर्ने धर्यता, दक्षता र सीप हुनु पर्दछ नकी पेशा वा पैसा कमाउने माध्यम मात्र भन्ने सोचाइ ।
मनोविमर्शकर्ता भनेको एउटा यस्तो सुन्न सक्ने व्यक्ति हो । सुन्दा उसको खुल्ला मनले सुन्नु पर्यो र जति उसको गहिराइमा उसलाइ चोट परेको छ त्यो गहिराइमा सुन्न सक्ने क्षमता हुनु पर्दछ । मन र भावनाले छुन सक्ने खालको दृष्टी राखेर अगाडी बढन सक्ने युवाहरु चाहिन्छ । भविश्यको हरेक चिजमा सहयोग पु¥याउने देशलाइ अगाडी बढाउने भनेको नै युवा वर्ग हो जो यस्ता खालका व्यक्तिहरुलाई हाम्रो यस अभियानमा सधैं म स्वागत गर्छु ।
मैले योजना पनि बनाईसकेको छु २०२० देखी TRE चाहि जति सक्छौ धेरै ठाउँका व्यक्तिहरुमा सीप हस्तान्तरण गर्न चाहन्छु । यहि अन्तर्वाता मार्फत भन्न चाहान्छु कि यदि कोही हृदयदेखि नै यो बिधि सिकेर समस्यामा रहेकाहरुको सेवा गर्न चाहनु हुन्छ भने मलाइ सम्पर्क वा खबर गर्न सक्नुहुन्छ । सिधै मेरो नाम लिएर मलाइ भन्नु भयो वा कुनै समूह नै तयार भएर आउनु भयो आजैबाट सबैलाइ स्वागत गर्छु । यो काम भन्न जति सजिलो छ तर सुन्न त्यति सजिलो छैन । मैले फेरी भने यो काम पाउन सजिलो र पैसा धेरै कमाई हुन्छ भनेर कहिले नआउनु होला । कसैको मानसिक स्वास्थ्य र मनोसामाजिक सुस्वास्थ्यको क्षेत्रमा कुनै व्यक्तिलाई सहयोग पु¥याउन गइरहेको छ । जो समस्यामा परेको व्यक्तिलाई सहयोग गर्नु भनेको पनि त्यतिकै जिम्मेवारी हुन्छ त्यति धेरै मन लिएर यदि सहयोग गर्न सकेन भने त्यो चाहि लागु नै हुदैन ।
शारीरिक चोटपटक एकदम छलर्ङग देखिन्छ । तर व्यक्तिको पीडा, तनाव, डर र आत्म विश्वास गुमाएको देख्न एकदमै कठिन पक्ष हो । यस्तो अप्ठयारोबाट उनिहरुलाइ निको बनाइ बाहिर ल्याउनु कति अप्ठयारो छ । त्यसलाई सहज बनाउने भन्ने कुरा चाहि कसैको जिन्दगी माथी खेलवाड गर्ने होइन । जसको एकदम खुल्ला मन छ, जो एकदम इमान्दारिता साथ काम गर्छ, जसले आफु र उसको लागी भनेर इमान्दारी, समय छुटटाउन र सहयोग दिन तयार छ, अर्को व्यक्ति प्रति उत्तरदायी , वफादार र गोपनियताको आत्मसात गर्ने क्षमता हुन अनिवार्य छ । गोप्यनियता, धर्यता, जिम्मेवारि, र प्रतिवद्धता लगायतका गुणहरु जसमा छ ति व्यक्तिहरु जो कोही प्रतिवद्धताका साथ लागेमा सफल हुनुहुनेछ । वहाँहरुलाई सधैं स्वागत छ ।
कोही एकदमै interested छ भन्दै मनोविमर्शकर्ता बन्छु भन्दै counseling Psychology को private देखी TU देखि विभिन्न विश्व विद्यालयमा कोर्ष पुरा गरी त्याहाबाट pass out भएर आएकाहरु मित्रहरु पनि धेरै समय सम्म काम गर्नुहुन्न, निरन्तरता चाहि कमैले दिइरहेको पाइरहेको छु । त्यसकारण निरन्तरता दिने भनेको आफनो मन, शरिर र भावनात्मक रुपमा आफनो समाजलाई, स्वस्थ बनाउँछु भन्ने गंभिरता र अठोट हुनु पर्दछ । म गर्छु भन्ने एकदमै करुणामयी, सहयोगी भावना हुनु प¥यो । भित्रबाट एकदमै बलियो हुनुपर्दछ । समस्या भएको व्यक्तिको जुत्तामा आफनो खुट्टा राखेर उभिएर हेर्नु प¥यो उसलाइ कस्तो भइरहेको छ होला भनेर अनि आफुलाइ फर्केर आएर आफु भएर उसलाइ बुभ्न सक्ने व्यक्ति यस कार्यको लागि उपयुक्त हुनसक्छ ।
सुजेन मान महर्जन : तपाइले भन्नुभएको जस्तै पक्कै पनि अध्ययनहरुले के देखाएको छ भने कुनै पनि पेशाकर्मी मनोविमर्शकर्ता, मनोबिद उसले कुनचाहि टेक्निक अपनाउछ भन्ने भन्दा पनि उसमा कस्तो खालको सिप अथवा गुणहरु छ, त्यसले यस्तो खालको सहयोग चाहि कत्तिको प्रभावकारी भयो भएन भन्ने कुराचाहि निर्धारण गर्छ भनेर देखाएको छ । उदाहरणको लागी बिभिन्न टेक्निक छ CBT भन्छ, Humanistic भन्छ , विभिन्न खालको छ त्यो school of thought भन्दा पनि मनोविमर्शकर्ता गंभिर र निस्वार्थ रूपमा सहयोग गर्ने अठोट हुनु पर्छ । कसरी चाही उसले एकदमै पुर्वाग्रह बिना त्यो व्यक्तिलाइ स्विर्कान सक्छ, उसलाइ सहानुती व्यक्त गर्न सक्छ यि कुराहरुले सहयोग चाहि कत्तिको पैभावकारी हुन्छ भन्ने कुरा निर्धारण हुन्छ । टेकिनक मात्र प्रर्याप्त छैन, अन्तर सम्बन्धले ज्यादै महत्वपूर्ण भुमिका खेल्छ भनेर देखाएको छ । तपाइले धेरै राम्रो कुरा गर्नु भयो आफनो अनुभव बताइदिनु भयो । धेरै धन्यवाद, अन्तमा केही भन्न चाहनुहुन्छ ?
जमुना महर्जन श्रेष्ठ : मलाई एकदमै खुशी लाग्यो तपाईंहरु जस्तो युवा वर्गले जो एकदम सरोकार राख्नुहुन्छ यो क्षेत्रमा, मनोसामाजिक तथा मानसिक स्वास्थको क्षेत्रमा यसलाइ कसरी हामिले हाम्रो देशका जति पनि जनमानसमा एकदमै उपचार नपाएर छटपटीरहेको अवस्थामा रहेको व्यक्तिलाइ सेवा पुग्ने पुरयाउने उद्देश्य लिएर लागीरहनु भएको छ । मलाइ एकदम खुशी लागेको छ ।
Acknowledgments: Ms. Sobita Lohani transcribed this interview. It was edited for clarity by Bibesh Pokharel and then reviewed by the interviewer and approved by the interviewee for publication. All pictures have been used with permission.